खोजि गर्नुहोस..

पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न देउवाको आग्रह

 काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।

‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला’ सभापति देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् ।यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराई लगायतले चुनावी प्रचारमा पार्टीले गर्नुपर्ने कमबारे धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *