खोजि गर्नुहोस..

कपिलबस्तुको शिवराज नगरपालिकामा विषादि न्यूनिकरणका लागि बाली उपचार शिविर

 कपिलबस्तु । कपिलबस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा विषादि न्यूनिकरण गर्न एक दिने बाली उपचार शिविर सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा बालीमा लाग्ने रोग, समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा लगायत कृषिसँग सम्बन्धित विविध जानकारी कृषकलाई जानकारी गराइएको शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले बताउनुभयो । कृषिलाई आधुनिककरण, व्यवसायिकरण गर्न शिविरले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । कार्यक्रमलाई वडा कार्यालयले महत्वपुर्ण उपलव्धीका रुपमा लिएको शिवराज नगरपालिका ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

पछिल्लो समय बालीमा लाग्ने रोगको संक्रमणबाट बचाउन प्रयोग गरिने बिषादिको दुरुपयोग भएको र यसलाई न्यूनिकरण गर्नुपर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका सत्यराम हरिजनले बताउनुभयो । वडाध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ज्ञान केन्द्रका लवकुशप्रसाद कुर्मीले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *