खोजि गर्नुहोस..

कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन

कपिलवस्तु । जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ । नागरिक आरोग्य कायृक्रम संचालन निर्देशिका ‘२०७६’ अनुसार सो समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा जिल्ला आर्युबेद स्वास्थय केन्द्रका प्रमुख प्रबेश श्रीवास्तव रहेको समितिको सदस्यहरुमा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय, शिक्षा विकास समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरे, स्वास्थ्य प्रतिनिधि कमल ज्ञवाली छन । यस्तै समितिको आमन्त्रित सदस्यहरुमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे र पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य छन ।

जिल्ला समन्वय समितितको तौलिहवा स्थित हलमा आयोजित कार्यक्रममा समितिका सदस्य सचिव श्रीवास्तवले नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका बारे जानकारी गराएका थिए ।नसर्ने रोगहरु बिरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनकालागि समिति गठन गरिएको श्रीवास्तवले बताए । यस अघि नै संघीय र प्रदेश स्तरीय समिति निर्माण भई सकेको छ ।अब पालिका र वडा स्तरमा समेत नागकिर आरोग्य समिति गठन गरिने छ । सो अवसरमा समितिका संयोजक खनालले स्वास्थ्य जीवनकालागि राम्रो आहारबिहार, शारीरिक ब्यायम लगातयका क्रियाकलाप जरुरी रहेको बताए । उनले रोग लाग्न भन्दा रोगका बाटो छेक्नु नै उत्तम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *