खोजि गर्नुहोस..

भन्सार छलेको आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा चार जनाविरूद्ध आइतबार मुद्दा दायर गरेको छ। विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका-६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौं-५ बस्ने रविन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौं-७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूसँग चार करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ बिगो मागेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। उनीहरूले भन्सार, अन्तशुल्क नियमावली, राजश्व चुहावट ऐनविपरीत पैठारी गरी राजश्व छलेको विभागको दाबी छ। बख्रेल र पन्तसँग १ करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग १ करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग सात लाख ८० हजार ८१८ रुपैयाँ बिगो माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *