खोजि गर्नुहोस..

कामको मुल्याकंन र लोकपिय्रताको आधारमा उमेद्धार छनौट ः आर्चाय

कपिलवस्तु । आगामी स्थानीय तहको निर्वाचनमा कामको मुल्याकंन र लोकप्रियताको आधारमा पार्टीले उमेद्धारहरु छनौट गर्ने नेपाली कागे्रंस लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् ।
कागे्रंस बुद्धभूमी नगरपालिका वडा नं ८ ले खैरहनिया आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् । उनले पार्टिको यो र त्यो लाईन वा नेताको प्रिय पात्रको आधारमा नभई पार्टीको नीति तथा पार्टीका विभिन्न तह र तप्काका समितिबाट सिफारिस भएर आएको व्याक्तिले टिकट पाउने बताए । साथै आर्चायले पार्टीलाई संगठीत भएर लैजनाको लागि संगठन विस्तारमा लागेको बाताए ।
उनले पार्टीको १४ औ महाधिवेशनमा पार्टीको आन्तरिक लोकतन्त्रलाई मजवुत बनाई लोकतन्त्रको जगलाई मजवुत बनाउन आन्तरिक प्रतिशपर्धा भएता पनि आम निर्बाचन पार्टी एक ढिक्का भएर निर्बाचन होमिने बताए । उनले भने जिल्ला सभापति अब्दुल कलामले पार्टीले आधिकारीक रुपमा बनाएका उमेद्धारलाई निर्वाचित बनाउन सबै तह र तप्काका कार्यकर्ताहरुले सहयोग गर्नु पर्ने बताए । सो अवसरमा लुम्बिनी प्रदेश पर्यटन ग्रामिण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल प्रदेश सदस्य माला गोतामे, जिल्ला समन्यव समितिका संयोजक नारायण खनाल, नेपाली कांग्रेस प्रदेश सदस्य रोमलाल खनाल, कपिल तिवारी महिला संघ जिल्ला सभापति मिना केसी, प्रदेश २ क सभापति रावेन्द्र सिंह जिल्ला सह सचिव ओजी अरसद, पदम खनाल, विरेन्द्र मिश्रा, विन बहादुर बन्जाडे, मुक्ति भट्राई लगायत बालेका थिए । वडा सभापति वुचन केवटको अध्यक्षता र प्रदेश २ का सचिव गगेश तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम स्वागत तथा भेटघाट कार्यक्रमको बारेमा जिल्ला उप सभापति रजतराज आर्चायले प्रकाश पारेका थिए । प्रत्यक वडा तहमा कार्यकर्ता भेटघाट तथा संगठन विस्तारलाई मजबुद पार्ने समेत उप सभापति रजत राज आर्चायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *