कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाले पालिकका ११ वटै वडामा २४ घन्टे प्रसुति सेवा बिस्तार गर्दै लै रहेकाे छ । स्वास्थ्य सेवाको पंहुच बिस्तार एंव मातृ र शिशु मृत्यु दर घटाउन पालिकाले ११ वडामै २४ घन्टे प्रसुति सेवा बिस्तारका लागि संचालन गरेकाे कार्यक्रम अन्तरगत ७ वटा वडामा हाल सम्म २४ घन्टे प्रसुति सेवा बिस्तार भई सकेको अन्य वार्डमा पिन तिव्रताका विस्तार गर्दै लगिएकाे नगर प्रमुख अब्दुल कलामले बताएका छन् ।
पालिका ११ वडा मध्ये १० वटा वडामा रहेको स्वास्थ्य चौकी एक वटा वडामा प्राथामिक उपचार केन्द्र रहेको छ । वडा नम्बर १, ५, ६, ७, ८, ९ र १० स्थित स्वास्थ्य चोकीमा २४ घन्टे प्रसुति सेवा संचालनमा आई सकेको कलामले बतए । वडा नम्बर ४ र ११ मा चालु आर्थिक बर्ष भित्रै स्वास्थ्य चोकी भवन निर्माण सहीत २४ घन्टे प्रसुति सेवा संचालन गरिने उनले बताए ।
कजरहवा स्वास्थ्य चौकीमा संचालन गरिएको २४घन्टे प्रसुति सेवाको उदघाटन गर्दै मेयर कलामले पालिकाहरुको जनतालाई राम्रो स्वास्थ्य सेवाको पहुच बढाउने आफनो प्रमुख लक्ष्य रहेको बताए । उनले आफुले मेयरमा जिते देखि नै स्वास्थ क्षेत्र प्रमुख प्राथमिकतमा राखेको भन्दै सबै स्वास्थ्य चौकीमा प्रसुति सेवा पुरयाउने लक्ष्यको आफु करिब पुगेको बताए । ‘११ वडा मध्ये ७ वडामा प्रसुति सेवा संचालनमा आई सकेको छ, बाँकी २ वटा यही आर्थिक बर्ष संचालनमा आउनेछ ’ उनल भने । पालिकामा मातृ र बालमृत्यु दर घटाउन आफु सूरु देखि नै प्रसुति सेवा संचालन गने योनजा रहेको उनले बताए । वडा नम्बर २ र ३ मा नया संरचना बन्न यस बर्ष कठिन भएकाले संचालनमा आउन गाह्रो हुने बताए । वडा नम्बर ८ का वडाध्यक्ष तथा समाजिक समितिका संयोजक यागेन्द्र कुमार केसीले नगरले बनाएको नीति अनुसार नै पालिकाका सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण सहीत प्रसुति सेवा संचालन गर्नै कार्य अघि बढाएको बताए । उनले आफनो वडाको स्वास्थ चौकीमा हरेक हप्ताको सामेवार र बिहीवार डाक्टरहरुबाट स्वास्थय चेकजाको समेत प्रबन्ध मिलाएको बताए ।
स्वास्थ्य चौकीमा २४ घन्टे प्रसुति सेवा संचालन गरिए गर्भवति महिला लाभांवित हुने उनले बताए । सामान्य प्रसुति सेवाकालागि समेत सदरमुकाम तौलिहवा र अन्य स्थानमा जानु पर्ने बाध्यता बिस्तारै टर्दै गएको उनले बताए ।
Related