खोजि गर्नुहोस..

मानवअधिकार रक्षकहरूको लुम्बिनी सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी 

बुटवल ।  लुम्बिनी प्रदेशका मानव अधिकार रक्षकहरूको  प्रादेशिक सम्मेलन  सम्पन्न भएको छ । बुटवल दुइ दिन देखी जारी सम्मेलन  बुटवल घोषणापत्र (स्थितिपत्र) २०७८ जारी गर्दै आज समापन भएको छ  ।

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न दुई दिने प्रादेशिक सम्मेलनले १६ बुँदे बुटवल घोषणापत्र (स्थितिपत्र) जारी गरेको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट ९२ जना मानवअधिकार रक्षकहरूको सहभागितामा रहेको थियो ।
सम्मेलनले बृहत छलफल गरी घोषणपत्र निर्माण गरेको बताइएको छ । फागुन २० र २१ गते बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मानव अधिकार रक्षकहरूको सम्मेलनमा उठेका विषयहरू, मानवअधिकार रक्षकको अधिकार तथा सुरक्षाको अवस्था, सुरक्षा तथा अधिकार उपभोगका क्रममा देखापर्ने समस्या र चुनौतीका विषयहरू घोषणपत्रमा समेटिएका छन् ।

बुटवल घोषणापत्रमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि विशिष्टिकृत संयन्त्र र मापदण्डहरूको निर्माणका बारेमा समेत उल्लेख गरिएको छ । बुटवल घोषणा पत्रमा भनिएको छ, ‘मानवअधिकार संरक्षण र संवर्धनमा मानवअधिकार रक्षकहरूको भूमिका र दायित्वका बारेमा सहभागितामूलक छलफल गर्दै मानवअधिकार रक्षकहरूको लुम्बिनी प्रादेशिक सम्मेलन सर्वसम्मत रूपमा यो १५ बुँदे बुटवल घोषणापत्र (स्थितिपत्र) जारी गर्दछ ।’

लुम्बिनी प्रदेशभरिबाट उपस्थित मानव अधिकार रक्षकहरूको भेलामा सक्रिय सहभागिताका लागि राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका निमित्त प्रमुख दीपक ठाकुरले धन्यवाद ज्ञापन गर्दै मानव अधिकार रक्षकहरूको हकहितका लागि आयोग सदैव क्रियाशील रहेको बताए ।
मानव अधिकार अधिकृत इन्द्रजित सहनीको सञ्चालन, उपसचिव झङ्करबहादुर रावलको अध्यक्षता र राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलको आतिथ्यमा सम्पन्न सम्मेलनको समापन कार्यक्रममा मधेस मानव अधिकार गृह (माहुरी होम)का रामदयाल ठाकुरलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *