खोजि गर्नुहोस..

लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक

बुटवल, १ असार ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा ३०.८८ प्रतिशत (१२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ) चालु खर्चतर्फ र ६०.३२ प्रतिशत (२३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
त्यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ८.८० प्रतिशत हो।

मन्त्री कार्कीका अनुसार बजेटले “समृद्ध लुम्बिनी, खुसी नागरिक” भन्ने दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गरेको छ।
उनले उच्च र दिगो आर्थिक वृद्धिको लक्ष्यसहित गरिबी निवारण, आर्थिक असमानता न्यूनीकरण तथा समावेशी विकास सुनिश्चित गर्ने कार्यक्रमहरू बजेटमा प्राथमिकताका रूपमा समावेश गरिएको बताए।

सरकारले आगामी वर्षलाई प्रदेश विकासका लागि उत्पादकत्व अभिवृद्धि, पूर्वाधार निर्माण, र मानव पूँजीमा लगानी केन्द्रित वर्षको रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *