लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नं. ५ काे नयाँ भवन उद्घघाटन Lumbini Today -प्रकाशित मिति : असार १, २०८२ दिनेश प्रसाद लोध, लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ को नव निर्मित कार्यालय भवनको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। सुविधा सम्पन्न उक्त भवनको उद्घाटन नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मेयर मुसलमानले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। “वडा कार्यालय नहुँदा सेवा दिन कठिनाइ थियो, अब नयाँ भवन निर्माणसँगै सेवा प्रवाह सहज र छरितो हुनेछ,” उहाँले भन्नुभयो। उहाँले प्रत्येक वडामा आफ्नै कार्यालय भवन बनाउने योजना अन्तर्गत वडा नं. ५ मा कार्यालय निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो। नगर प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले भवन निर्माण सेवाप्रवाह सुधार गर्ने उद्देश्यले गरिएको बताउँदै, “म नेता होइन, भाषण गर्न आएको होइन, नागरिकलाई गुणस्तरीय सेवा दिने सोचसहित यो काम गरिएको हो,” भन्दै सरकारी कर्मचारीहरूलाई भवनको अधिकतम उपयोग गर्दै नागरिकलाई शीघ्र र सरल सेवा दिन आग्रह गर्नुभयो। वडा नं. ५ का अध्यक्ष खुर्सेद आलम मुसलमानका अनुसार वडा कार्यालयको निर्माण लुम्बिनी साँस्कृतिक नगरपालिकाको बजेटबाट ६६ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो। उहाँले पहिला एउटै भवनबाट दुई वटा वडाको सेवा सञ्चालन हुँदा समस्या हुने गरेको स्मरण गर्दै नयाँ भवन बनेसँगै सेवा व्यवस्थित र सुलभ हुने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष खुर्सेद आलम मुसलमानको अध्यक्षता, नगर प्रमुख सजरुद्दीन मुसलमानकाे प्रमुख आतिथ्यता, नगर उपप्रमुख कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वडा कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियाे ।
दिनेश प्रसाद लोध, लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ को नव निर्मित कार्यालय भवनको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। सुविधा सम्पन्न उक्त भवनको उद्घाटन नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मेयर मुसलमानले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। “वडा कार्यालय नहुँदा सेवा दिन कठिनाइ थियो, अब नयाँ भवन निर्माणसँगै सेवा प्रवाह सहज र छरितो हुनेछ,” उहाँले भन्नुभयो। उहाँले प्रत्येक वडामा आफ्नै कार्यालय भवन बनाउने योजना अन्तर्गत वडा नं. ५ मा कार्यालय निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो। नगर प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले भवन निर्माण सेवाप्रवाह सुधार गर्ने उद्देश्यले गरिएको बताउँदै, “म नेता होइन, भाषण गर्न आएको होइन, नागरिकलाई गुणस्तरीय सेवा दिने सोचसहित यो काम गरिएको हो,” भन्दै सरकारी कर्मचारीहरूलाई भवनको अधिकतम उपयोग गर्दै नागरिकलाई शीघ्र र सरल सेवा दिन आग्रह गर्नुभयो। वडा नं. ५ का अध्यक्ष खुर्सेद आलम मुसलमानका अनुसार वडा कार्यालयको निर्माण लुम्बिनी साँस्कृतिक नगरपालिकाको बजेटबाट ६६ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो। उहाँले पहिला एउटै भवनबाट दुई वटा वडाको सेवा सञ्चालन हुँदा समस्या हुने गरेको स्मरण गर्दै नयाँ भवन बनेसँगै सेवा व्यवस्थित र सुलभ हुने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष खुर्सेद आलम मुसलमानको अध्यक्षता, नगर प्रमुख सजरुद्दीन मुसलमानकाे प्रमुख आतिथ्यता, नगर उपप्रमुख कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वडा कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियाे ।