खोजि गर्नुहोस..

कपिलवस्तु नगरपालिका–१ द्वारा सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु, असार १ गते। कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडा भित्रका सुत्केरी महिलालाई सुपानेट झुल वितरण गरेको छ।

गौढीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मोहम्मद जाहिद खाले ४० भन्दा बढी गर्भवती तथा सुत्केरी महिलालाई झुल हस्तान्तरण गरेका हुन्। 

स्वास्थ्य केन्द्रकी अहेब सृजना भट्टराईका अनुसार यो वितरण कार्यक्रम स्वास्थ्य मापदण्ड अनुरूप संचालन गरिएको हो। “चार पटक नियमित गर्भ परीक्षण गराएका र अस्पतालमै सुरक्षित सुत्केरी गराएका महिलाहरूलाई झुल प्रदान गरिएको हो,” उनले बताइन्।

उनका अनुसार घरमै सुत्केरी गराउने परम्परा हटाउनेमातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।

वडा कार्यालयले हाललाई ४० महिलालाई झुल वितरण गरिसकेको र कुल २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको जनाएको छ।

कार्यक्रमले समुदायमा सुरक्षित मातृत्वको महत्त्वबारे जनचेतना फैलाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *