काठमाडौँ- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि चार दिनको म्याद थप भएको छ। कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई ४ दिन म्याद दिएका हो।
गत कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ। यसपटक उनलाई थप अनुसन्धानका लागि १३ दिनको म्याद माग भए पनि जम्मा चार दिनको म्याद थप भएको हो।
उनीविरुद्ध चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ। यसक्रममा उनीसँग कास्कीसहित, रुपन्देही, काठमाडौँ, चितवनमा बयान भइसकेको छ।