खोजि गर्नुहोस..

झापामा ओलीलाई कालो झन्डा देखाउने पक्राउ

काठमाडौँ- झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन्। झापाको मेचिनगर इँट्टाभटा नजिक आइतबार रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगाएतका नारा लगाएका थिए। विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *