खोजि गर्नुहोस..

सप्तरीमा अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ । मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरी प्रहरी जनाएकाे छन ।

मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *