खोजि गर्नुहोस..

रुपन्देही–३ उपनिर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस

रुपन्देही निर्बाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस भएको छ।

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले क्रमशः जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्त विक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई. प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र छैठाै नम्बरमा पार्टीका जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीप कुमार मल्लिकको नाम सिफारिस गरेको हो।

बैठकले उपनिर्वाचनको तयारी तत्काल सुरु गर्ने निर्णयसमेत गरेको छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो।

२०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा निर्वाचित हुनुभएको थियो। उहाँले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो।

गत चैतमा बोहराको निधन भएपछि प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो। निर्वाचन आयोगले सो पदका लागी कार्तिक १७ गते उपनिर्वाचन  गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *