खोजि गर्नुहोस..

लुम्बिनीमा वर्षावास आरम्भः बौद्ध भिक्षुहरूको तीनमहिने धार्मिक साधना सुरु

लुम्बिनी । आजबाट बौद्ध भिक्षुहरुको बार्षिक वर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमा देखि तीन महिनासम्म चल्ने वर्षाबासको उदघाटन लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनीमा गर्नुभएको हो ।
राजकिय बौद्ध बिहार लुम्बिनीमा लुम्बिनी बौद्ध महिला समितिको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा यस वर्षको वर्षाबास कार्यक्रम सञ्चालन हुने भएको छ ।
कार्यक्रममा पूर्व मूख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक अनुष्ठानहरू प्रभावकारी भएको भन्दै बौद्ध परम्पराको संरक्षण, प्रवद्र्धन र लुम्बिनी क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनुभयो ।
राजकीय बुद्ध बिहारका प्रमुख एवं बौद्ध भिक्षु सागर धम्मले वर्षावास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाको अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्रस्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन मुसलमान, बौद्ध संघ–संस्थाका प्रतिनिधिहरू, भिक्षु–भिक्षुणी तथा देश–विदेशका श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो ।
वर्षाबास भनेको बौद्ध भिक्षु–भिक्षुणीहरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन तथा बौद्ध चिन्तन–मननगर्ने परम्परागत अभ्यास हो । भगवान बुद्धले प्रतिपादन गर्नु भएको दुई सय २७ विनयमध्ये वर्षाबास पनि एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *