कपिलवस्तु, असार ४ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–५, नौरंगियामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर–नयाँबस्ती गाउँ नजिकैको खेतमा भैंसी चराउने क्रममा बुधबार साँझ करिब ५:३० बजेतिर चट्याङले लाग्दा अन्दाजी ४० देखि ४५ वर्षकी जन्ममति यादवको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।