खोजि गर्नुहोस..

सिद्धार्थनगरको स्वीमिङ पुलमा डुबेर भारतीय युवाको मृत्यु

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ हर्नहिया स्थित डण्डापुल नजिकै रहेको स्वीमिङ पुलमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ।

बुधबार दिउँसो अक्वा पार्कको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा भारत नौतनवा निवासी १७ वर्षीय साहिल अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, डिएसपी सुरज कार्कीले बताए।

जिल्ला प्रहरी प्रबक्ता कार्कीका अनुसार पौडी खेल्ने क्रममा डुबेर घाइते भएका अन्सारीलाई उपचारका लागि भिम अस्पताल, भैरहवा लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाइ मृत घोषणा गरेका हुन।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । उनले भने, “गर्मीयाम सुरु भएसँगै नदी, पोखरी र स्वीमिङ पुलहरूमा भीडभाड बढ्दै गएकाले सुरक्षा सतर्कता अपनाउन हाम्रो आग्रह छ।”

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *