खोजि गर्नुहोस..

यशोधरा गाउँपालिकाबाट हज यात्रा गर्ने हाजीहरूको बिदाई, पूर्व मन्त्री गुप्तद्वारा शुभकामना

कपिलवस्तु । यशोधरा गाउँपालिकाबाट साउदी अरबको मक्का–मदिना हज गर्न जाने नेपाली हाजीहरूको एक समुहलाई सम्मानपूर्वक बिदाई गरियो। शनिबार एक बिदाई कार्यक्रमको अवसरमा पूर्व न्याय तथा कानुन मन्त्री बृजेशकुमार गुप्तले हज यात्राको सफलताको शुभकामना व्यक्त गर्दै उहाँहरूलाई नेपाल देशको शान्ति, समृद्धि र एकताका लागि विशेष दुआ गर्न आग्रह गर्नुभयो।

 गुप्तले भन्नुभयो, “हज इस्लाम धर्मको पाँच आधारहरूमध्ये एक पवित्र यात्रा हो। हजमा सहभागी सबै नेपाली मुसलमान दाजुभाइ–दिदीबहिनीहरूलाई म हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँहरूको हज सफल रहोस्, र देशमा अमन–चयन कायम रहोस् भन्ने कामना गर्दछु।”

कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, स्थानिय समाजसेवी, धार्मिक अगुवा तथा परिवारजनहरूको उपस्थिति रहेको थियो। बिदाईका क्रममा उपस्थित सबैले हाजीहरूलाई माला लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *