खोजि गर्नुहोस..

अनेरास्ववियुले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौं जिल्ला कमिटीले निःशुल्क लोक सेवा आयोगका कक्षा तयारी गर्ने भएको छ ।

भौगोलिक विकटता वा अन्य विविध कारणले आयोगको कक्षा लिन नसकेर सरकारी सेवामा प्रवेश गर्नबाट वञ्चित युवाहरुलाई लक्षित गरी शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सोमबार सम्पन्न तेस्रो पदाधिकारी बैठकले देशमै रोजगारीमा अभिप्ररित गर्ने उदेश्यले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागेको अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष अनिल बोहराले केन्द्रविन्दुलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *