सर्वोच्चले खारेज गर्याे एमाले जग्गादानविरुद्धको रिट निवेदन Lumbini Today -प्रकाशित मिति : पुस १, २०८१ भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर्याएको छ । जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो ।