खोजि गर्नुहोस..

कतार एयरवेजले बन्द गर्याे भैरहवा बाट गर्ने उडान

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ।कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो।

आइतबारदेखि नयाँ उडानका लागि अनुमित नमागेको गौतम बुद्ध विमानस्थलले जनाएको छ। विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतका अनुसार उसले नोभेम्बर ३० सम्मका लागि मात्र अनुमति माग गरेको थियो। अहिलेसम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ। यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *