प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मंगलबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले चीन भ्रमणमा जाँदा राष्ट्रहितका पक्षमा खुट्टा नकमाउन सुझाव दिएका छन्। ओलीलाई विरोधका कारण बीआरआई लगायत सम्झौताको कार्यान्वयन प्रक्रियामा नरोकिन आग्रह पनि गरे ।प्रधानमन्त्रीज्युले राष्ट्रहितमा जे गर्नु उपयुक्त हुन्छ, त्यो गर्ने हो भन्ने हाम्रो सुझाव रह्यो । विरोधलाई देखाएर चीनसँग खुट्टा कमाउनुपर्दैन ।’विगतमा सरकारसँग भएको तीनबुदे सहमति कार्यान्वयन नभएको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् ।