खोजि गर्नुहोस..

अर्घा-रूपन्देही सम्पर्क समाज गठन

बुटवल। अर्घाखाँची जिल्ला अर्घा गाविस हालको सन्धिखर्क नगरपालिका वार्ड ९ घर भई हाल रूपन्देही जिल्लामा बसोबास गरेर विभिन्न पेसा, व्यवसाय गर्दै रहेका बासिहरूको भेलाले दामोदर बञ्जाडेको अध्यक्षतामा अर्घा–रुपन्देही सम्पर्क समाज गठन गरेको छ ।
आइतबार बुटवल उमनपा १३ बेल्वास स्थित साइनो पार्टी प्यालेसमा आयोजित भेलाले बन्जाडेको अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा कल्पना भुसाल, सचिवमा सिद्धार्थ आचार्य, कोषाध्यक्षमा धुब्र रायमाझी तथा सह सचिवमा प्रदिप बन्जाडेलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा गंगा श्रेष्ठ, मदन पौडेल, गणेश खत्री, पारस भुसाल, यादव बन्जाडे, राम प्रसाद बन्जाडे, सूर्य राउत, आकाश आचार्य, सरोज परियार र राधा कार्की चुनिनु भएको छ ।
भेलाले समाजलाई व्यापक र साविकको अर्घा गाविसलाई पूर्ण रुपमा समेटेर लैजानको लागि १० सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा खुबिराम आचार्य, प्रकाश भुसाल, विष्णु भुसाल, धुव्रराज आचार्य, बसन्त बन्जाडे, माधव भुसाल, कमल बन्जाडे, खेमराज भुसाल, मोहनराज रायमाझी र रमेश भुसाल रहनु भएको छ ।
नव गठित तदर्थ समितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै समाजका सल्लाहकार खुबिराम आचार्यले सामाजिक हक हित  एंव बिभिन्न समस्या परेका व्यक्तिहरूलाई सहयोगका लागि समाजले भूमिका निर्वाह गर्न सक्ने बताउँदै, साविकको सम्पूर्ण अर्घा गाविसबाट रूपन्देहीमा बसेर कर्म गरिरहेका लाई समाजमा जोड्नु पर्ने बताउनु भयो ।
समाजमा सबैलाई जोड्दै अगाडि बढ्ने तदर्थ समितिका अध्यक्ष बन्जाडेले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । हरेक सामाजिक गतिविधि, खेलकुद तथा बिभिन्न समस्यामा परेका व्यक्तिहरू सहयोगका लागि समाजले भूमिका निर्वाह गर्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *