खोजि गर्नुहोस..

एक समय आशाको किरण, हाम्रो गणतन्त्र एक दुखद कथा नबनोस्, जय गणतन्त्र– 

Basant_Banjade
बसन्त बन्जाडे

नेपाली जनताले उच्च सपना देखेकाे, संघीय लोकतान्त्रिक गणतन्त्रको भूमिमा हामी स्वाभिमानी नागरिकहरू फेरि एक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिको तमासामा परेका छौं । आह ∕ सामाजिक सञ्जालमा कस्तो रमाइलो, क्रोध, निराशाहरूका रंगीन मेम्स रातभरि भरिएको छ र भोलि पनि भरिन्छ । यो लगभग राष्ट्रिय परम्परा जस्तै हो । नयाँ वर्षको पूर्वसन्ध्या मनाउने जस्तै, यो बाहेक हामी अर्को इन्धन मूल्य वृद्धि सम्मका दिनहरू गनी रहन्छौ यस बाहेक हामी सँग विकल्प छैन्, केही थान प्रेस विज्ञप्ति र विद्यार्थीहरू सङ्गठनहरूको अली अली विरोध हुने पनि परम्परा छ । अरु महँगीको हिसाब किताब हामी सँग छैन् ।
हो, “०६२/०६३ सालमा गणतन्त्र जिन्दाबाद” भन्दै सडकमा उत्रनेहरू मध्ये म पनि एक हुँ, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषण हुँदा दीप बाले, हर्षोल्लास गरे तर मेरो प्यारो संघीय लोकतान्त्रिक गणतान्त्रिक राष्ट्रमा, आलस्य एउटा विशेषता मात्र होइन; यो जीवन को एक तरिका भइसकेको छ । हाम्रा महान नेताहरू मुलुक बनाउने जिम्मेवारी लिएर सत्तामा पुगेकाहरूको निन्द्राको कलामा यति उत्कृष्ट छन र जब तिनीहरू आफ्ना निजी स्वार्थ र सत्ताको सपना लिएर सुत्छन्, राष्ट्रको भविष्य हिजोको समाचार भन्दा छिटो बिर्सिन्छ ।
हामीहरूले भाषणहरूमा सुन्ने र समाचारमा पढ्ने शब्दहरू सुशासन, विधिको शासन, समृद्धि ,विकास र जवाफदेहिता भनेको के हो तपाईं सोध्नुहुन्छ? ठिक छ, ती यो गणतन्त्रमा साँच्चै केही फेन्सी शब्दहरू भएका छन् ।
विकास, रोजगारी लगायतका सवालहरूमा केही न केही बहानाहरू कहिल्यै न अन्त्य हुने नदी जस्तै बग्दैछ । हरेक प्रश्नहरूको एउटा न एउटा बहाना हाम्रा महान गणतान्त्रिक नेताहरूसंग छ। लामो समय हामीहरूले सङ्क्रमणकाल सुन्यो बितेको ५ साल संघीयता कार्यान्वयनहरूको सिकाइका क्रममा छ सुन्यो, अझै यस्तै रह्यो भने कयौं दशक सुन्नु पर्ने हाे ।  एमालेले दिएन, माओवादीले दिएन कांग्रेसले दिएन, ब्युरोक्र्याट्स सहयोग गरेन आरोप, प्रत्यारोपको बहानाबाजीमा हामी जनता रनभुल्ल छौ ।
देश अहिले भ्रष्टाचार सर्कसकाे निर्विवाद राजा भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन २०२२ का अनुसार ११० औं स्थान प्राप्त गरी माथिल्लो श्रेणी कायम राख्न सफल छौ । यसका लागि हामी सबैलाई बधाई दिनै पर्छ ।
पछिल्लो परिस्थितिलाई हेर्ने हो भने महत्वाकाङ्क्षा र सपनाले भरिएका युवाहरू बेरोजगारीको सागरमा डुबेका छन् । तिनीहरू पातलो हावामा हराएको जस्तो कामको खोजी गर्छन् । दिशाविहीन राज्यको नीतिका कारण बेरोजगारी समस्याका कारण युवाहरू परदेश जाने लाइनमा लाइनबद्ध छन् ।  विमानस्थलमा भिडभाड छ, परिवारहरू आँसुको बिदाई गर्न बाध्य छन्। यो एक दिनचर्या बनिसकेको छ, यो हृदयविदारक बिछोडले गणतन्त्रका सत्ता र शक्तिलाई कत्तै प्रभाव पारेको देखिदैन् । जबकि तल देखी माथिका नेताहरू जेट–सेटका सेवा सुविधा सहित  आफ्नै परिवारको आवश्यकतालाई ध्यान दिइरहेका छन ।
चारै तिर व्यापार व्यवसाय, कलकारखानाहरू बन्द भएका छन्, हुने क्रम जारी छ ।  जीविकोपार्जनका श्रोतहरू गुमेको छ, तर गणतन्त्रमा राज्यसत्ताका नायक भन्ठान्नेहरुले आफूलाई शक्ति र विशेषाधिकारको मुकुट जारी राखेकै छन् ।
विद्यालयमा पठाउने सर, मेडमहरू  आन्दोलन हुनु हुनुहुन्थ्यो, अहिले फर्कनु भयो । अधिकांश हाम्रा सरकारी विद्यालयहरूको गुणस्तर नतिजाको खासै व्याख्या गर्न आवश्यकता छैन् । हुनत उच्च वर्गले आफ्ना सन्तानलाई महँगा एवं विदेशी संस्थाहरूमा अध्यापन गराउँछन् र गराएका छन् । गरिव निमुखा र आवाज विहीनहरूको अवस्थाको बारेमा कसलाई चिन्ता, कुलिन बर्ग र गणतन्त्रको सत्तालाई थाहा छ, त्यो बर्ग बिहान साँझ छाक टार्ने कसरी भन्नेमै रनभुल्ल छ । भन्न भनिन्छ, हाम्रो संविधानमा शिक्षालाई मौलिक हक र नि: शुल्क शिक्षामा सबैको पँहुच स्थापित गरेको छ , तर हाम्रा विद्यालयको अवस्था र नतिजाले भने वास्तवमा गुणस्तरीय शिक्षा चुनिएका थोरैहरूका लागि आरक्षित हो की महसुस हुन्छ ।
आधारभूत मानव अधिकार मानिने स्वास्थ्य सेवा अवस्था पनि खासै गतिलो छैन् । महंगो शिक्षा र स्वास्थ्य सेवा नै आम नेपालीको ठूलो चिन्ता र चासो हो ।
तर पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा हाम्रा नेता एव आदरणीय अधिकारीहरू आफ्नो भव्य आसनमा आरामसँग बसेर, पुराना राजा र रानीहरू जस्तै आफ्नो शक्ति चलाउँछन् । गणतन्त्रमा शासक बर्ग भ्रष्ट  र आत्मविश्वासका साथ आफ्ना कुटिल निहित स्वार्थहरू पूरा गरेको जनताले महसुस गरेका छन् ।  जनताको आवाज राजनीतिको भव्य रङ्गमञ्चमा यो चकनाचुर छ, दबाइएको छ । यस बिचमा पनि हामीहरूले तेलको मूल्य बढेको सामाजिक सञ्जालमा मिम्सहरूले सजाएका छौ, सामाजिक सञ्जाल नभएको भए के गर्दथ्यो होला ।
अन्त्यमा हाम्रो गणतन्त्र एक समय आशाको किरण, एक दुखद कथा नबनोस्, जय गणतन्त्र, मेरो देशको जय होस् – जहाँ गैर जवाफदेही आलस्य शासकहरूले शासन गर्छन, भ्रष्टाचारको सर्कसले कहिल्यै छोड्दैन! धन्न हामिले सामाजिक सञ्जालमा मिम्स बनाएर आक्रोश पोख्न पाएका छौ । फेरी पनि  हाम्रो गणतन्त्र एक समय आशाको किरण, एक दुखद कथा नबनोस्, जय गणतन्त्र, मेरो देशको जय होस् –

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *