खोजि गर्नुहोस..

असन्तुष्ट राहत शिक्षक सडकमै सुतेर आन्दोलित

असन्तुष्ट राहत शिक्षकहरूले सडकमै सुतेर आज पनि आन्दोलन जारी राखेका छन् । सोमबार राहतका शिक्षकले शिक्षक महासंघ र सरकारबीच भएको सातबुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाएका छन् ।सरकारले सहमति गर्दा राहत शिक्षकका मागको सम्बोधन नगरेको भन्दै राहत शिक्षकले आज काठमाडौंको बबरमहलमा सुतेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा सहभागी शिक्षक मानबहादुर बुढाले आफूहरूको माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने बताए । उनले भने, ‘सरकारले हाम्रो माग पूरा नगरेसम्म चरणबद्ध रूपमा आन्दोलन गर्नेछौँ । हामी दबाब दिनेछौँ । आज सडकमा सुतेर आन्दोलन गरिरहेका छौँ । फेरि रातभरि सडकमै सुतेर आन्दोलन गर्नेछौँ । आन्दोलन जारी नै रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *