क्यानडा पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्। झापा गौरादह नगरपालिका-७ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन पुरी पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-१ बाट पक्राउ गरेको हो। पुरीविरूद्ध भूमिराज राईले क्यानडा पठाइदिन्छु भन्दै पटक-पटक गरी १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
Related