कपिलवस्तु, १२ भदौ । नेपाली काँग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा दुई दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । पार्टीका जिल्ला उपसभापति हुमकान्त खनालको अध्यक्षतामा गठित प्रशिक्षण शाखाको बैठकले सो निर्णय गरेको हो । शाखाको बैठकले जिल्लाका सबै पालिकामा रहेका पालिका पदाधिकारी, वडा सभापति सहितका पदाधिकारी, स्थानिय तहका बिजेता र उपबिजेताहरु, भातृ संस्थाका प्रमुखहरु, पालिका भित्रबाट जिल्ला, संघिय क्षेत्र र प्रदेश क्षेत्रका पदाधिकारीलाई समेटेर दुई दिने प्रशिक्षण चलाउने निर्णय गरिएको प्रशिक्षण शाखाका सचिव तथा नेबिसंघका जिल्ला सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए । प्रशिक्षणको शुरुवात जिल्लाको बाणगंगा नगरपालिकामा अशोज पहिलो साताबाट शुरुवात गरि सबै पालिकामा सम्पन्न गर्ने योजना रहेको पोख्रेलले जानकारी दिए । आफुले पाएको जिम्मेवारी अनुसार सबै पालिकामा प्रभावकारी रुपमा प्रशिक्षण कार्यक्रम चलाईने प्रशिक्षण शाखाका अध्यक्ष हुमकान्त खनालले बताए ।
Related