नेपालमा क्रिकेटकाे क्रेजः एसिया कपको पुर्व सन्ध्यामा कपिलवस्तुमा दिप प्रज्वलन लुम्बिनी टूडे -प्रकाशित मिति : भदौ १२, २०८० तौलिहवा । नेपालले पहिलो पटक एसिया कप खेल्न थालेको पूर्वसन्ध्यामा कपिलवस्तुमा दिप प्रज्वलन गरिएको छ । क्रिकेट संघ कपिलवस्तुको आयोजनामा कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवाकाे जिल्ला प्रशासनको चोकमा क्रिकेट समर्थक तथा खेलकुद पदाधिकारी र जनप्रतिनिधीकाे उपस्थितीमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो । नेपालले भाेलि एसिया कपकाे पहिलाे खेलकाे रूपमा बलियाे टाेली पाकिस्तानकाे सामना गर्दै छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेय नेपाली किक्रेट जगतमा आजको दिन ऐतिहासिक दिन भएको बताउदै खेलाडीहरुलाई विजय प्राप्तीको लागि शुभकामना दिनु भएको छ । उहाँले सरकार लगायतका सबै सरोकारवालाहरुले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा समेत जोड दिनु भयो । सिमित श्रोत साधनका बावजुत नेपाली किक्रेट टोलीले टेष्ट मान्यता प्राप्त देशहरुसंग खेल्नु गौरव भएको बताउनु भयो । कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले नेपाली टोली पहिलो पटक एसिया कप खेल्न लागेकाले शुभकामना एंव हौसालाको लागि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नेपालमा क्रिकेटको क्रेज बढ्दै जानुका साथ साथै खेलाडीहरुमा लगानी बढ्दै गईरहेको बताउदै किक्रटको भविष्य भएको बताउनु भयो । गैरेले भोली पाकिस्तानको मुल्तानमा हुने एसिया कप २०२३ को पहिलो खेलमा घरेलु टोली पाकिस्तान संगको खेलमा विजयको शुभकामना समेत दिनु भयो । कार्यक्रममा किक्रट संघ कपिलवस्तुका कोषाध्यक्ष एंव संघका लुम्बिनी प्रदेश सदस्य पदमराज श्रेष्ठले किक्रेट संघ र खेलाडीको मेहनतले आज नेपालले एसिया कपमा स्थान पक्का गरेको बताउनु भयो । उहाँले किक्रेटमा तिन तहकै सरकारले लगानी बढाउनु पर्ने र नेपाल आफै आयोजक बनेर अन्तराट्रिय खेलहरु आयोजना गर्नको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पूर्वाधारहरु निमार्ण गर्नु पर्ने बताउनु भयो । किक्रेट कलिवस्तुका सदस्य माया ज्ञवालीको संचालनमा आयोजित कार्यक्रममा कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी शकर हरि आचार्य, नेपाली कांग्रेस कपिलवस्तुका नगर सभापति खुर्सेद अहमद खाँ, खेलकुद विकास समिति कपिलवस्तु अध्यक्ष राजेश उपाध्याय, गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, समाज सेवी राजु प्रसाद अर्याल, नेपाली कांग्रेसका युवा नेता प्रकाश घिमिरे, मानव अधिकार कर्मी रविन्द्रनाथ ठाकुर, निमार्ण व्यवसायी संघका लुम्बिनी प्रदेश उप महासचिव दिनेश हमाल, तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई लगायत खेलकुदसंग जोडिएका बिभिन्न सरोकारवाला एंव खेलाडीहरुको सहभागिता रहेको थियो । साथै भाेलि हुने नेपाल र पाकिस्तान बिचकाे खेल ताैलिहवा बजारमा प्राेजेक्टर लगाइ एकसाथ हेर्ने तयारी गरिएकाे छ । Share this:TwitterFacebook Related