खोजि गर्नुहोस..

क्रिकेटर सन्दीप मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

काठमाडौं ।  क्रिकेट सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन्। माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्। उनी अहिले मनोचिकित्सकको परामर्शमा छिन्। उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रेस्क्राइब गरेका थिए।उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ। अहिले उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो।

जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्। क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।गौशाला २६ ले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेकी छन्। उनले ३.८७ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन्।गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्। त्यो समयमा सीपीएल क्रिकेटका लागि वेस्ट इन्डिजमा रहेका लामिछाने प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए।

नेपाल फर्कनेबित्तिकै उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो। जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई विदेश जानेसमेत अनुमति दिएको थियो।अहिले सन्दीप आइतबारको पेशीका लागि भनेर राष्ट्रिय टिमसँगै पाकिस्तान गएका छैनन्। उनी आइतबारको सुनुवाइपछि पाकिस्तान जाने तयारीमा छन्। पीडितको आत्महत्या प्रयासपछि आइतबारको पेशीबारे पनि अन्योलता छाएको छ। उकेरा मा प्रकाशित समाचार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *