खोजि गर्नुहोस..

आजदेखि मौसममा क्रमिक सुधार हुने

न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले आज शनिबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।अहिले नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। न्यूनचापीय रेखा उत्तरतर्फ रहेपनि जलवाष्पयुक्त वायु कम आउने भएकाले क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभएकाे छ ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका पश्चिमी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहेको  भने पूर्वी क्षेत्रमा मौसम सुधार हुन केही दिन लाग्ने छ । कोशी, मधेस र बाग्मतीमा बदली र हल्का वर्षाको सम्भावना छ । तर निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *