नेपाल-भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको प्रयक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ती महिला भारतीय नै रहेको आशंका गरिएपनि यकिन हुन नसकेको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए।