खोजि गर्नुहोस..

कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँका उत्कृष्ट विद्यार्थी पुरस्कृत

मर्चवार । रूपन्देहीको सम्मरीमाइ गाउँपालिका स्थित कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका छन् । २०७९ सालको एसइइ (कक्षा १०)परिक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल भएका विद्यार्थीलाइ सम्मरीमाइ ७ नं.वडा कार्यालयले पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरूमा संतोष यादव, ओम प्रकास मौर्या, संजय यादव, सत्यवती गोसाइ, संदीप मौर्या, रीमा कुर्मी, द्वारिका लोध, सुरज मुराव, शैलेन्द्र बरइ, करिस्मा लोहार परमेन्द्र प्रजापति, प्रतिभा शुक्ला, सरिता यादव, बिशाल यादव, ममता मुराव, महेश मल्लाह र परमेश्वर यादव रहेका छन् । एसइइ परिक्षा २०७९मा गाउपालिकामै उत्कृष्ट जीपीए ल्याउन सफल भएका संतोष यादव, ओम प्रकास मौर्या, संजय यादव सहित १७ जना विद्यार्थीलाई वडा कार्यालय, बेतकुइयाँले गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव मार्फत एक समारोह बिच नगद सहित सम्मान गरेको हो ।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै गापा अध्यक्ष श्रीवास्तवले शिक्षक अभिभावक र विद्यार्थी समेतको साझा परिश्रमले सम्पूर्ण गाउँपालिकालाइ गौरवान्वित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थी हाम्रा भविष्य हुन, यिनलाइ राम्ररी निखार्न गाउपालिकाले हरसम्भव सहयोग गर्न तयार छ ।” उहाँले आगामी दिनमा शिक्षामा अझबढी बजेट छुट्याउने बताए ।

सारदा प्रसाद मिश्रको संचालन, वडा नं.७का वडाध्यक्ष राधेश्याम कुर्मीको अध्यक्षता तथा गापा अध्यक्ष विनोद कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक उमाकान्त अर्यालले बिद्यार्थीलाइ बधाइदिने क्रममा ७ वडा कार्यालय, शिक्षक र विद्यार्थीको प्रसंशा गर्दै सबैलाइ भावुक बनाए । उनले भने, “वडाध्यक्षको अभिभावकत्वले विद्यालयलाइ हौसला प्रदान गरेको छ ।” बधाई तथा सम्मान कार्यक्रममा गापाका सामाजिक बिकास संयोजक तथा वडा नं.२का वडाध्यक्ष अजय गुप्त, शिक्षा शाखा प्रमुख रामदास गौड, वडा सचिव बसन्तराम यादव, सहायक प्र.अ.राजेश यादव र परिक्षामा उत्कृष्ट नतिजा ल्याइ पुरस्कृत भएका विद्यार्थी संतोष यादव लगायतले बोलेका थिए

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *