खोजि गर्नुहोस..

गुल्मीमा घरायसी विवाद हुँदा बुबाले आफ्नै छोराको नाक काटिदिए

तम्घास ।   गुल्मी जिल्लाकाे इस्मा गाँउपालिका मा घरायसी विवाद हुँदा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले हँसिया प्रहार गरेर ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बाबुरामको नाकमा गहिरो चोट लागेको छ। घरायसी विषयमा विवाद बढ्दै जाँदा दिलबहादुरले हसिया प्रहार गरेको उनले बताए।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक प्रधानले बताए। दिलबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *