खोजि गर्नुहोस..

देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली , हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । एक/दुई दिन मौसम यस्तै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्षको हिउँद सकिने क्रममा छ । सामान्यतया नेपालमा मंसिर मध्यदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद मानिन्छ । अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद् अधिकारीले बताउनुभयो । प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ्ग पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना धेरै हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *