खोजि गर्नुहोस..

महाकाली नदीमा अन्तर्राष्ट्रिय कानुन विपरीत एसएसबीको र्‍याफ्टिङ

काठमाण्डाै । भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासको नाममा र्‍याफ्टिङ गरेको छ । भारतीय पक्षले अन्तर्राष्ट्रिय कानुन विपरीत र्‍याफ्टिङ गरेको भन्दै नेपालले आपत्ति जनाएको छ । कुनै जानकारी र समन्वयविना र्‍याफ्टिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढका डीएम रिना जोशीलाई पत्राचार गरेको छ । पत्रमा र्‍याफ्टिङको विषयमा जानकारी दिन र सीमा क्षेत्रमा अबदेखि यस्तो नगर्न भनिएको छ ।

नेपाली प्रशासनको समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनसँग जवाफ मागे पनि भारतीय प्रशासनले जवाफ दिएको छैन । सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा पनि एसएसबीले महाकाली नदीमा गरिरहेको र्‍याफ्टिङका विषयमा नेपाली पक्षले आपत्ति जनाएको छ । पिथौरागढको झुलाघाटमा रहेको एसएसबीको शिविरमा भएको बैठकमा बैतडी प्रशासनले पूर्वजानकारी र समन्वय गरेर मात्र यस्ता गतिविधि गर्न भनेको छ । भारतीय पक्षले अबदेखि समन्वय गर्ने बताएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उज्यालोलाई जानकारी दिनुभयो । सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्नुपहिले दुवै देशको अनुमति र समन्वय हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *