खोजि गर्नुहोस..

बुटवलमा रुस-युक्रेन युद्ध रोक्न शान्ति समाजको प्रदर्शन

बुटवल । रुस-युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ । रुस-युक्रेनको युद्ध शुरू भएको १ वर्ष भैसकेको र अझै सम्म पनि युद्ध ‌अन्त्य हुने अवस्था नदेखिएकोले दुवै देशलाई तत्काल युद्ध रोक्न आग्रह एवं दवाव सिर्जना गर्न शान्ति समाजले बिरोध प्रदर्शन गरेको हो । समाजको देशब्यापी कार्यक्रम अन्तर्गत रुपन्देही शाखाले कार्यक्रम गरेको शाखा सभापति कृष्ण भट्टराइले बताए । सो अवसरमा आधा घण्टा प्ले कार्ड प्रदर्शन गरिएको थियो । प्ले कार्ड प्रदर्शनपछिको कोणसभामा बोल्दै समाजका केन्द्रिय सल्लाहकार तथा निर्तमान सभापति गोबिन्द खनालले रुस-युक्रेनको युद्ध रोकिनुपर्ने र यसमा संयुक्त राष्ट्रसंघको सकारात्मक भूमिका देखिनुपर्ने बताए ।

उहाँले युद्धले अर्बौ अर्बौँ संरचना ध्वस्त पारेको  र विश्व समाजनै तहसनहस पारेको बताए ।कार्यक्रममा केन्द्रीय सदस्य डिपि खनालले रुस-युक्रेनको युद्ध रोकिनुपर्ने धारणा राखे । जिल्लाका पूर्व सभापति कृष्णप्रसाद पराजुली, जिल्लाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले बोल्दै रुस -युक्रेन देशलाई तत्काल युद्ध रोक्न आग्रह गरे । ग्लाेबल आवाज

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *