खोजि गर्नुहोस..

आज सर्वाेच्चमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी

काठमाडौं- सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ। लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। त्यस्तै, राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले यूएईमा हुन लागेको आइसिसी विश्वकप लिग-२ सिरिजमा प्रमुख स्पिनर सन्दीप लामिछाने नहुने भएपछि अन्य खेलाडीले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिम पपुवा न्युगिनीसमेत सहभागी हुने त्रिकोणात्मक शृंखला खेल्न शनिबार यूएई जाँदैछ। नेपाली टिमले लिग–२ मा अब यूएईको भूमिमा ४ र घरेलु मैदानमा ४ वटा खेल खेल्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *