खोजि गर्नुहोस..

झापामा एउटै रुखमा झुण्डिए प्रेमीप्रेमिकाले गरे आत्महत्या

काठमाण्डाैँ ।    झापामा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन ।  झापा कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेन मा  एउटै कपडाले रुखमा पासो लगाएर२५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले आत्महत्या गरेका छन ।  तिन महिना अघि भागी विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले  बताए। केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए।  प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ-आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे।’

गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासी बताउँछन्। अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए ।

पार्थ मण्डल”                                                                                                                                                                                                   

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *