खोजि गर्नुहोस..

राप्रपाले निगमलाई साेध्याे– भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क दिइन्छ ?

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।

प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका सात वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनुपरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने स्पष्ट पार्नुभयो ।

गए रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर एक सय ९९, डिजल एक सय ९२ रुपैयाँ पुर्‍याएपछि त्यसको विरोधमा सर्वसाधारणसमेत आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *