खोजि गर्नुहोस..

बालेनले रुटिन अफ नेपाल बन्दको कन्सल्टेन्सी कतिमा हायर गर्नुभयो : आरजु राणा देउवा

काठमाडौं । नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव दिएकी छन् ।सोमबार नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा राणाले भनिन्, ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि ? विचार दिने नेता हो कि ? मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? वाककला भएको नेता हो ? आफ्नो गुण के हो पहिचान गर्नुस्

अहिले स्वतन्त्र रुपमा स्थानीय तहमा जितेकाहरुले पनि यसरी नै गुण पहिचान गरेर सफल भएको उनले बताइन् । नेता देउवाले भनिन्, ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ?’

ठूलो फलोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गर्न बालेन सफल भएको उनको दाबी छ । प्रधानमन्त्री पत्नी समेत रहेकी देउवाले भनिन्, ‘राजनीति हो, एभ्रिथिङ इज फेयर भन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *