खोजि गर्नुहोस..

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीकाे प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले आन्दोलन सुरू गरेको छ।सोमबार बिहानै बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध नाराबाजी गरेका छन्।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासि वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै आन्दोलन सुरू गरिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए।उनले सरकारले निर्णय नसच्याएसम्म अनेरास्ववियुले आन्दोलन जारी राख्ने बताए।आइतबार रातिदेखि लागू हुनेगरी सरकारले पेट्रोलको प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल १९२ रूपैयाँ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *