खोजि गर्नुहोस..

कपिलवस्तुमा पहिराेले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।प्युठानको स्वर्गद्वारीकाे दर्शन गरी लु २ ख २७१६ नम्बरको गाडीमा फर्किँदै गर्दा गाडीबाट झरेर खोला तर्नेक्रममा उनीहरुलाई पहिराेले बगाएको हो । बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षका निखिल कौशाल र १८ वर्षका सुरज सोनी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक आउँदै गर्दा अचानक पहिराे आएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।हराएका भारतीय नागरिकको खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *