खोजि गर्नुहोस..

लुम्बिनी प्रदेशको कपिलवस्तुसहित केही ठाउँमा वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पनि बद्ली भएको र यी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा मनसुन सक्रिय छैन । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण यी प्रदेशमा हल्का वर्षा भएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै आज प्रदेश १, मधेस प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।

यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । आज दिउँसो देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद्ले चार प्रदेश वाग्मती, गण्डकी, प्रदेश-१ र मधेस प्रदेशमा मात्रै गनसुन सक्रिय रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *