खोजि गर्नुहोस..

रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर रुपन्देहीमा एक युवकको मृत्यु

बुटवल, ।स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमाको न्यू लाइट स्कूलका शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पौड्याल सोमबार तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।

यता, पौड्यालका एक सहकर्मीले रिसोर्टको व्यवस्थापनमा गम्भीर लापरवाही हुँदा मृत्यु भएको बताए । यस बारेमा रिसोर्टका म्यानेजर राममणि पाण्डेसँग पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *