खोजि गर्नुहोस..

संसद्‌मा बजेटमाथिको छलफल स्थगन, मलबारे छलफल हुँदै

काठमाडौँ ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ल्याएको मलबारे छलफल गर्नका लागि ‘स्थगनको प्रस्ताव’माथि छलफल भइरहेको हो । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेका थिए । ‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’ भन्ने प्रस्ताव भट्टराईले राखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नक लागि २ घण्टाको समय छुट्याएका छन् ।

उक्त प्रस्तावमाथि अहिले सांसदहरूले छलफल गरिरहेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा ८ मन्त्रालयका विभिन्न शिर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम थियो ।मलबारे २ घण्टा छलफल भएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले जवाफ दिनेछन् । मलमाथिको छलफल सकिएपछि मन्त्रीहरूले आफ्नो मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *