खोजि गर्नुहोस..

एमालेद्वारा संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता

काठमाण्डाै  ।  प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । यो प्रस्तावमाथि अहिले संसदमा छलफल हुँदैछ ।

एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद् सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् । नेपाल कृषिप्रधान देश भएको हुँदा धानबालीलगायतका बालीहरुका लागि रासायनिक मल अत्यावश्यक भएको प्रस्तावमा उल्लेख छ । धान खेती सुरु हुने समय गुज्रिन लाग्दा पनि मलको लागि कृषकहरु भौतारिँदै हिँडेको सांसदहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *