खोजि गर्नुहोस..

नव निर्वाचित जनप्रतिनिहरुलाइ बधाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम

ताैलिहवा- कपिलवस्तुको तौलिहवमा नव निर्वाचित नगर प्रमुख, उप प्रमुख एंव अध्यक्ष र उपाध्यक्षलाई बधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
गैर सरकारी संस्था महासंघ कपिलवस्तु उनीहरुलाई खादा, मायाको चिनो सहीतले सम्मानित गरेको हो । गैससका जिल्ला अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले उनीहरुलाई सम्मानित गरेका थिए । कार्यक्रममा महराजगंजका नगर प्रमुख अब्दुल कलाम खाँ, बुद्धुभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाह, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल मायादेबी गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमान, यशोधरा गाउपालिकाका अध्यक्ष शिवदयाल त्रिपाठी, तथा ७ पालिकाका उप प्रमुखहरुको सहभागीता थियो ।

उक्त अवसरमा जनप्रतिनिधिहरुले सबै क्षेत्रसंघ सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय तहको बिगत ५ बर्षको प्रगतिको र सुझाव कार्यपत्र दिनेश त्रिपाठीले पेस गरेका थिए । अर्काे कार्यपत्र अल्पसंख्यक समुदाय स्थानीय तहको भूमिका बारे रविन्द्रनाथ ठाकुरले प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी , रोजगारी सुशासन र सहभागिता, महिला हिंसा, बालबालिका महिला आश्रय गुह लगायतका विषयमा जनप्रतिनिधिहरुलाइ ध्यानाकर्षण गराइएको थियो । गैसस महासंघ कपिलवस्तुको आयोजना र विभिन्न संघ संस्थाको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रम गैसस महासंघ कपिलवस्तुका अध्यक्ष प्रवीण श्रीवास्तवको अध्यक्षता र तुलसीराम यादवको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *