खोजि गर्नुहोस..

सराेकारवालाको वेवास्था, नदी र बन क्षेत्रमा अबैध उत्खनन, बन कार्यालयद्वरा सहीत ट्याक्टर एक व्याक्ती पक्राउ

ताैलिहवा-  सरोकारवालाहरूको वेवास्थाका कारण कपिलवस्तु बिभिन्न नाकाहरूबाट माप दण्ड बिपरित नदीनालाहरूबाट नदी जन्य पद्धार्थ ढुंगा, मिस्कट, बालुवाको चरम दाेहाेन भइरहेको छ । दाेहाेन तथा अबैध निकासी नियन्त्रण गर्ने जिम्मा पाएका सरोकारवालाहरू नजानिदो माैनदा ठेकेदार एंव तस्करहरूलाइ अहिले माला माल भइरहेका छन् ।
यसै क्रममा  कपिलवस्तु नगरपालिका– ६ रुधौलाघाट स्थित वन क्षेत्रमा अबैध उत्खनन गरेको आरोपमा ट्याक्टर सहीत एक जना  व्याक्तीलाइ सव डिभिजन कार्यालय चेत्रादेईबाट खटिएका वन कर्मचारीहरुले पक्राउ गरका छन् । वन क्षेत्रमा पर्ने नदीको डीलबाट उत्खनन गरी लु ३ त ८३९७ नम्बरको ट्याक्टरमा बालुवा लोड गरेको अवस्थामा नगरपालिका– ६ सेमरिका शिव कुमार यादव पक्राउ परेका हुन ।
वन क्षेत्रमा अबैध उत्खनन भएको गुनासाे आए पछि छड्के निरीक्षण गर्दा यस्तो भेटिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन स्यान्डील्यले बताए । पक्राउ गरेका यादव बिरुद्ध वन ऐन अनुसार कारबाही प्रकृया अघि बढाइएको उनले बताए । कपिलवस्तु, बाणगंगा, बुद्धुभुमी, शिवराज नगरपालिका र बिजयनगर गाउपालिकाका ठेक्का लागको र नलागको खोला नालाहरुमा अहिले चरम दोहन भईरहेको स्थानीय बताउछन । ठेक्का यही जेठ मसान्त भित्र सकिने भएकाले ठेकेदारहरु अहिले दिनरात नै नदीमा तोकिएको मापदन्ड बिपरित नदीमा दोहन गरेर निकासी गर्ने गरेका छन । सरोकारवाला निकाय मौन हुदा अहिले नदीमा दोहन झनै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *