खोजि गर्नुहोस..

उत्पादन बढाउने, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हाे र ? : अर्थमन्त्री शर्मा

काठमाण्डाै ।   अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनुभएको छ ।  आज सोमवार बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलब वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले चार वर्षअघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनी प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बजेटमा कतै पनि चुनावकाे कुरा छैन । हिजो दिइरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेको बाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? कर्मचारीकाे तलब बढाउने कुरा पनि ऐनमै व्यवस्था गरिएकाे छ । युवाहरूलाई तालिम दिनुपर्छ भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होइन ।’

अर्थमन्त्री शर्माले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको पनि बताउनुभयो । उहाँले आउँदाे आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने, स्रोत–साधनको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको पनि बताउनुभयो । उहाँले अर्थ मन्त्रालयमा प्रयोग गरिएको स्यानिटाइजर समेत विदेशी भएको पाइएपछि आफूहरूले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको उल्लेख गर्नुभयाे ।

अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट पूर्णरूफमा कार्यान्वयन हुने दाबीसमेत गर्नुभयो । उहाँले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरू छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पूर्ण छ । उत्कृष्ट छ ? होइन । राम्रो गरौँ भनेर कोसिस गरिएको छ । कुनै क्षेत्र छुटेको होला । ध्यान नपुग्दो रहेछ । हामीलाई के विश्वास छ भने यसलाई कार्यान्वयन पनि गर्न सक्छौँ ।’अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *