खोजि गर्नुहोस..

राजेन्द्र महतो : नेपाल भगवान भरोसामा चलेको छ

१३ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन् ।नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समय तुलना गर्न आग्रह गरे । ‘७० वर्षको हाम्रो अभ्यास के छ ? नेपालले छलाङ लगायो कि लगाएन ? ७० वर्षअघि र अहिलेको अवस्था के छ ?’ महतोले भने, ‘समीक्षा हुनुपर्ने । के फड्को मार्‍यो त ?’

कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको उनले विरोध गरे । गोलचक्करमा जनतालाई घुमाउने कार्य मात्रै भएको उनले टिप्पणी गरे । पहिलेका सरकारले ल्याएका विषय समेटेर नीति तथा कार्यक्रमा प्रस्तुत गरिने र त्यसलाई प्रतिपक्षले विरोध गर्ने परम्परा रहेको उनले सुनाए ।लोकतन्त्रको दुरुपयोग भएको महतोले आरोप लगाए । स्थानीय तहमा दलीय चुनाव आवश्यक नरहेको उनले बताए । ‘लोकतन्त्रलाई कमजोर बनाउने काम भएको छ’ महतोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *